सुदूरपश्चिममा विद्युतको उत्पादन दोब्बरले बढ्यो, कालंगाको बिजुली १३२ केभीमा

धनगढीः बझाङको कालंगामा तीन जलविद्युत आयोजना निर्माण गर्न ठेक्का गरिएको थियो।

तीन आयोजनामा ३८ दशमलव ४६ मेगावाट क्षमताको अपर कालंगा जलविद्युत आयोजना र १५ दशमलव ३३ मेगावाटको कालंगा जलविद्युत आयोजनाको विद्युत १३२ केभी प्रसारण लाईनमा जोडिएको छ। कालंगागाड जलविद्युत आयोजनाको विद्युत गृहदेखि दार्चुलाको बलाँच सब–स्टेसनसम्मको ३७ दशमलव ८५ किलोमिटर लामो प्रसारण लाइन र आन्तरिक संरचनाहरुको परीक्षण सफल भएको विद्युत आयोजनाका निर्देशक वीरेन्द्र मल्लले बताए। उनका अनुसार दुई आयोजनाको काम पूरा भएको हो। उनले भने, ‘परिक्षण उत्पादन सुरु भएको छ। १५ मेगावटको मेसिन ८ मेगावाटमा सञ्चालनमा छ। पानी बढी भयो भने, बढीमा चल्छ। वर्षतमा फूलमा सञ्चालन हुन्छ।’

Leave a Comment